डोटीमा बस दुर्घटना, एक जनाको मृत्यु, ३४ घाइते

डोटी । डोटीमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३४ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा शनिबार बिहान दुर्घटना हुँदा बाजुरा बारबिस–६ का नयाँ सेरेलाको ज्यान गएको डोटीका प्रहरी निरीक्षक कर्ण बोहोराले जानकारी दिए ।

घाइते ३४ जनाको डोटीकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री