एजेन्सी । पाकिस्तान रेल्वेको तेज गाम एक्सप्रेसमा आगो लाग्दा कम्तीमा पनि ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
रावलपिण्डी जाँदै गर्दा लियाकतपुर पुगेपछि रेलको तीनवटा बोगीमा आगो लागेको हो । ग्यास सिलिन्डर पड्केर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूलाई मुल्तानको बर्न सैन्टरमा उपचारका लागि पठाइएको छ । दुर्घटनापछि थुप्रै रेललाई रद्द गरिएको थियो ।
तपाईंको प्रतिकृया




