कुमारी बैंक र एनबीआईको संयुक्त वित्तीय साक्षरता अभियान

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल बैंकिङ इन्स्टिच्युटसँग वित्तीय साक्षरता कार्यक्रमसम्बन्धी सहकार्य गरेको छ । वित्तीय सचेतना अत्यावश्यक रहेको भन्दै बैंकले उक्त सहकार्यात्मक सम्झौता गरेको बताएको छ ।

यसैबीच बैंकले वित्तीय संस्था, तिनका सेवा, निक्षेप तथा कर्जाबारे सही जानकारी दिन पाल्पाको मुझुङ्ग, यम्घा, बराङ्गदी तथा भुवनपोखरीमा वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम गरेको छ । परामर्श कार्यक्रमसँगै बैंकले उक्त चारै स्थानमा शाखारहित सेवा पनि सञ्चालनमा ल्याएको छ ।

बराङ्गदीमा शाखारहित सेवाको उद्घाटन बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकारको अध्यक्षतामा प्रदेश नं ५ का प्रदेश सभासद् डा. पुरन्वान वज्राचार्य, शाखारहित बैंकिङ एजेन्ट गणबहादुर बुढाथोकी, बैंकका उच्चपदस्थ अधिकारी तथा स्थानीय व्यावसायिक प्रतिनिधिमाझ भएको हो ।

यसैगरी, बैंकले मुझुङ्गमा एजेन्ट गणेशबहादुर राना, यम्घामा दयाराज बस्याल तथा भुवनपोखरीमा प्रेमप्रसाद श्रेष्ठको नेतृत्वमा सञ्चालन हुनेगरी शाखारहित सेवा सञ्चालनमा ल्याएको छ । बैंकका देशभर १०७ शाखा, ९६ एटीएम, ३ एक्स्टेन्शन काउन्टर तथा ८ शाखारहित बैंकिङ एकाइ सञ्चालनमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप