नेपालगञ्जमा महिन्द्राको स्पेयर पार्टस् विक्री कक्ष

काठमाडौं । नेपालगञ्जमा महिन्द्रा गाडीको स्पेयर पार्टस् र एसेसरिजको विक्री कक्ष खुलेको छ । गाडीका स्पेयर पार्टस् तथा लुब्रिकेन्ट विक्री गर्ने उद्देश्यसहित अग्नि गू्रपअन्तर्गतको बालाजु अटो वक्र्सको आधिकारिक विक्रेता गनापुर अटो वक्र्स सर्भिस सेन्टरले नेपालगञ्जको गनापुरमा बुधवार उक्त विक्री कक्ष सञ्चालनमा ल्याएको हो ।

गनापुर अटो वक्र्सको विक्री कक्षबाट जेन्युन पार्टस् सहज रूपमा उपलब्ध हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र गनापुर अटो वक्र्सका प्रबन्ध निर्देशक पर्थ भुसालले उक्त विक्री कक्षको उद्घाटन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप