चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सिँगारिदै काठमाडौं

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंका सडकहरु सजाइँदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सी हिड्ने सडकमा उप्किएको कालोपत्रे टाल्ने, सडक सरसफाइ गर्ने, पोस्टर राख्‍नेलगायतका गतिविधिहरु भइरहेका छन् ।

राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमण आउने भएसँगै तयारी अघि बढाइएको हो । उनी नेपाल आउने भए पनि मिति भने तय गरिएको छैन । राष्ट्रपति सी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही क्रममा काठमाडौं आउने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस