साउदी अरेबियाका सयौं सैनिक हुथी विद्रोहीको नियन्त्रणमा !

काठमाडौं । यमनका हुथी विद्रोहीले सयौंको संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दावी गरेका छन् । हुथी विद्रोहीका प्रवक्ता कर्नल याहिया सारियाले साउदी अरबको नाजरान शहरबाट तीन वटा सैनिक ब्रिगेडले आत्मसमर्पण गरेको दावी गरेका हुन् ।

नियन्त्रण्मा लिइएका साउदी सैनिकको संख्या हजारौं रहेको हुथी विद्रोहीहरुले दावी गरेको छ । तीन दिने कारवाही अभियानमा कयौं सैनिक मारिएकोसमेतउनीहरुले दावी गरेका छन् ।

तर हुथी विद्रोहीको दावीबारे साउदी अरेबियाका सरकारी अधिकारीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । हुथी विद्रोहीका प्रवक्ता सारियाले यमनमा जारी विद्रोहमा अहिलेसम्मकै ठूलो सफलता हात परेको दावी गरेका छन् ।

नियन्त्रणमा लिइएका सैनिकले परेड खेलेको भिडियो टेलिभिजनमार्फत प्रसारण गर्ने विद्रोहीले चेतावनीसमेत दिएका छन् । हुथी विद्रोहीले यसअघि पनि साउदी अरेबियाका दुई तेल प्रसोधन केन्द्रमा आक्रमण गरेको दावी गर्दै आएको छ ।

यही सेप्टेम्बर १४ मा भएको हमलापछि विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको थियो । यमनमा सन् २०१५ देखि जारी संघर्षमा हुथी विद्रोहीले राजधानी सनालाई कब्जामा लिएपछि राष्ट्रपति अब्दरबु मंसुर हादी देश छोडेर भागेका थिए । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds