ओखलढुंगा । छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेल आइबार साँझ पक्राउ परेको प्रहरीले जनाएको हो ।
अध्यक्ष लुइँटेलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्पराज मल्लले बताए। उनले भने, ‘उहाँ हाम्रोमा हुनुहुन्छ, मुद्दा अनुसन्धान गरेर प्रशासन कार्यालयमा बुझाउँछौँ।’
लुइँटेलमाथि चम्पादेवी गाउँपालिकाको कार्यालयमा यही गाउँपालिका – ७ का वडा अध्यक्ष सुरेश थापालाई गएको असार ३० गते कुटपिट गरेको अभियोग छ । पीडित थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे रक्सी खाएर आएका लुइँटेलले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको साउन १ गते उजुरी दिए ।
तपाईंको प्रतिकृया




