काठमाडाैँ । सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डसेर १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव छिन् ।यादवलाई घाँस काट्ने क्रममा सर्पले डसेको थियो । यादवको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया



