सुनको मूल्य बढ्यो, ७१ हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइताबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइताबार तोलाको ७१ हजार ५ सय रहेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार ५ सयले घटेर आइतबार ७१ हजार ५ सय भएको सुनको मूल्य आज फेरि उकालो लागेको छ। यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार ४ सय निर्धारण गरिएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप