जमिनमुनिको पानी निकाल्ने क्रम बढेपछि यसरी भासिँदैछ काठमाडौं

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन्। पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो।

काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएका छन्। लाखौंका संख्यामा गहिरा इनार खनिएका छन्। तालका रूपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अध्यधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेका छन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत वेवास्त गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावी बोरिङ गर्दा उपत्यकाको जमिन भासिने क्रममा रहेको विज्ञहरूले बताएका छन्। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका हुन्।

एक अध्ययनका अनुसार हरेक वर्ष काठमाडौं १३ सेन्टिमिटरका दरले भासिँदै गएको छ। पाँच वर्षको अवधिमा काठमाडौं करिब ५० सेन्टिमिटरभन्दा बढी भासिएको अनुसन्धानले देखाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस