अब सम्बन्धित बैंकको कार्डबाट मात्रै पैसा झिक्न पाइने

काठमाडौं । ह्याकर आक्रमणपछि गए रातिदेखि बन्द रहेका नेपाली वाणिज्य बैंकहरुका एटिएम सञ्चालनमा आएका छन् । सम्बन्धित बैंकको एटिम मेसिनबाट मात्र पैसा निकाल्न मिल्ने सम्बन्धित अधिकारीहरुले जनाएका छन् ।

एनटीएम सर्भर ह्याक भए पछि नेपाली बैंकहरुको एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले सुरक्षाका लागि बैंकहरुको सर्भर डाउन गरेको थियो । बैंकहरुले सेवा सुरुचारु गर्न अनुरोध गरेपछि प्रायः बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको हो ।

केहीले आफ्नो आन्तरिक सिस्टम समीक्षा गरिरहेका छन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार आफ्नो बैंकको मात्रै एटीएम कार्ड सुचारु गर्ने गरि एटीएम सिस्टम सुरु गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ हस्पिटालिटीका दुई होटलले पाए दक्षिण एशियाली ट्राभल अवार्ड

काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एशियन ट्राभल अवार्ड्स …

प्रतिकृया दिनुहॊस