मिटर ब्याजमा २९९ लाई ठग्ने श्यामकृष्ण साह पक्राउ

काठमाडाैं । सर्लाहीमा २९९ भन्दा धेरै सर्वसाधरणलाई ब्याजमा पैसा लगाएर ठगिगरहेका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) लाई प्रहरीले पक्राउ गरेकाे छ ।

उनले नक्कली तमसुक बनाएर ठगी गरिररहेकाे भन्दै १ सय ५० जना काठमाडाैंमा आइपुगेका छन् । एकपटक ऋण दिए पनि पटक-पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदयाका व्यक्तिहरुले आफूमाथि ठगी भएकाे आराेप लगाउँदै आएका थिए ।

एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा ऋणीहरूलाई सातवटासम्म कागज गराएको उनीहरूले बताए । यही विषयमा छानबिन गर्न प्रहरीले श्यामलाई मलंगवा नगरपालिका १० स्थित घरबाट नै पक्राउ गरेकाे हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारसँग अन्तरक्रिया, भोलि औषधिजन्य जडीबुटी मेला

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसँग अन्तरक्रिया …

प्रतिकृया दिनुहॊस