प्रधानमन्त्री ओली यही साता स्वदेश फर्कने

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली यही साता स्वदेश फर्कने भएका छन् । सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्य जाँच बुधबार पूरा हुनेछ ।

बिहीबारसम्ममा रिपोर्ट आए प्रधानमन्त्री शुक्रबार स्वदेश फिर्ता हुनेछन् । तर, रिपोर्ट आउन केही दिन ढिला भए यही सप्ताहन्तमा स्वदेश फर्कने सचिवालय स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै बुधबारसम्म जाँच सकिने बताएका हुन् ।

‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार सोमबार छैटौं र  बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा सहकारीपीडित र रवि समर्थक आमनेसामने, दुई पक्ष नाराबाजीमा

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखराको सडक …

प्रतिकृया दिनुहॊस