१६ प्रतिशतले बढ्यो रेमिट्यान्स, ८ खर्ब ७९ अर्ब आयो

काठमाडौं । गएको आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १६ प्रतिशतले बढेको हो ।

तर अमेरिकी डलरमा ७.८ प्रतिशतलेमात्र बृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १० प्रतिशतले बढेको थियो । रेमिट्यान्स आउने क्रम बढे पनि काम गर्न जाने नेपालीहरुको संख्या भने निरन्तर घटीरहेको छ।

राष्ट्र बैंकका अनुसार गएको वर्ष अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ९ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७५/७६ मा २ लाख ४३ हजार नेपालीहरु विदेश गएका छन् । श्रम स्वीकृति नविकरण गरेर जानेसहितको संख्या जोड्दा २ लाख ७२ हजार पुग्ने देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा …

प्रतिकृया दिनुहॊस