काठमाडौं । बैंकहरुको एटीएम ह्याक भएको आशंकापछि नेपाल राष्ट्र बैंकले यस विषयमा छलफल गर्न आकस्मिक बैठक बस्दै छ । राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले एटिएम ह्याक भएको भन्ने खबर आएसँगै राष्ट्र बैंक यसमा गम्भिर भएको बताए । उनका अनुसार केहीबेरमा राष्ट्र बैंकले यस बारेमा निष्कर्ष निकाल्ने छ ।
अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेसँगै अहिले बैंकिङ क्षेत्र तरंगित बनेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको गरेको थियो ।
पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्र




