काठमाडौं । सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनले आयोजना गरेको नेशनल लिड क्लाइम्बिङ्ग च्याम्पियनसिपमा पुरुषतर्फ विजय सुनुवार र महिलातर्फ पञ्चमाया तामाङ्ग च्याम्पियन भएका छन् ।
शनिबार काठमाडौं स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरमा सम्पन्न भएको च्याम्पियनसीपमा ११ जना महिला र ३१ जना पुरुष गरी कुल ४२ जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ तेजिङ्ग राईले दोस्रो स्थान हासिल गर्दा प्रनिल श्रेष्ठले तेस्रो स्थान हासिल गरे । त्यस्तै महिलातर्फ स्वस्तिका चौधरीले दोस्रो स्थान हासिल गर्दा रुष प्रधान तेस्रो भएकी हुन् ।
च्याम्पियनसिपमा प्रथम हुनेले नगद रु. २० हजार पाउँदा दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गरे । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पुरस्कार वितरण गरेका थिए ।




