गाई मार्नेलाई कारबाही गर्न डा. कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुर्खेतको भिरबाट खसाएर गाइ मार्ने काम गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।

उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘ संविधानले गाई राष्ट्रिय जनावर भनेको छ । गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको छ । सुर्खेतको भीरबाट खसाएर गाई मारिएको घटनाले हिन्दुहरुको आस्थामाथि ठेस पुगेको छ ।

यो घटनामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारवाही गरियोस् ।’’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री