चलचित्र ‘पुरानो बुलेट’: न्युयोर्कमा दुई शो हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ लाई अमेरिकाको न्यूयोर्कमा आज दुई चरण गरेर प्रदर्शन गरिने भएको छ । चलचित्र प्रदर्शनको लागि आर एण्ड बी ग्लोबल म्यानेजमेन्टले न्यूयोर्कमा अवस्थित गुल्सन टेररेसमा १०ः३० र १ः३० मा शो राखिएको राजेन्द्र राईले जानकारी दिए । न्युयोर्क प्रदर्शनको जिम्मा आर एण्ड बी ग्लोबल म्यानेजमेन्टका राजेन्द्र राई, विजेन्द्र राई र रोस्मन राईले लिएका हुन् ।

सञ्चारकर्मी भीषण राईको निर्देशन रहेको चलचित्र ‘पुरानो बुलेट’लाई विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु र अशोक कुमार राईले संयुक्त रुवमा लगानी गरेका हुन् भने कार्यकारी निर्माता सन्तोष राई हुन् । चलचित्रको कथा भीषण राई र सन्तोष राईले लेखेका हुन् ।

चैत्र १ गते अल नेपाल प्रदर्शन भइसकेको यस चलचित्रमा नायक अनुप विक्रम शाही लिड रोलमा छन् । यस्तै माला लिम्बु, वर्षा शिवाकोटी, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया (एक्स व्याण्ड), बारत लिम्बु, शिरोमणि दवाडी, मात्रिका पौडेल, लक्षणा राई, करण धिताल, बादल श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

 

हेर्नुहोस् ट्रेलर:

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री