काठमाडौं। गरिमा विकास बैंकका ग्राहकले विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा विशेष छूट पाउने भएका छन् । उक्त बैंक र विराट हस्पिटल, बूढीगंगा गाउँपालिका गंगाचोकबीच बिहीवार छूट सम्झौता भएको हो ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार उक्त बैंकका ग्राहकले विराट हस्पिटलमा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् ।
तपाईंको प्रतिकृया



