सूचीकृत म्युचुअल फन्ड : लाभांश घोषणापछि ६ योजना घाटामा 

काठमाडौं । गत आव २०७५/७६ को नाफाबाट एकाइधनीलाई सात म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । असार मसान्तमा नाफामा रहेका यी योजनाहरू लाभांश घोषणापछि साउन मसान्तमा घाटामा पुगेका हुन् । लाभांश घोषणा गरेका ६ योजनाको आयले यस्तो देखाएको हो ।

६ दशमलव ५ प्रतिशत नगद घोषणा गरेको एनआईबीएल समृद्धि फन्डले भने भदौ १४ गतेसम्म साउन मसान्तको विवरण सार्वजनिक गरेको छैन । योजनाहरूले हरेक मासिक विवरण अर्को महीनाको १५ गतेसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । विवरण प्रकाशित गरेका नबिल इक्विटी फन्ड, एनआईबीएल प्रगति फन्ड र ग्लोबल आईएमई समुन्नति स्किमले भने लाभांश घोषणा गरेका छैनन् ।

असार मसान्तमा नाफामा रहेको सिद्धार्थ इक्विटी फन्ड ११ प्रतिशत लाभांश घोषणापछि साउनमा घाटामा पुगेको छ । असारमा रू. १५ करोड ८९ लाख नाफामा रहेको योजना साउनमा रू. २ करोड २१ लाखले घाटामा छ । साउन मसान्तमा ६ योजना घाटामा रहेका छन् ।

सबैभन्दा बढी लाभांश घोषणा गरेको लक्ष्मी भ्यालू फन्डको एनएभी रू. ९ दशमलव ९४ रहेको छ । असार मसान्तमा योजनाको एनएभी रू. ११ दशमलव ५८ थियो । नेप्सेले योजनाको मूल्य समायोजनपछि प्रतिएकाइ रू. ९ दशमलव ४३ तोकेको थियो । लाभांश घोषणा गरेका एनआईसी एशिया ग्रोथ फन्ड, एनएमबी हाइब्रिड फन्ड, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड, सानिमा इक्विटी फन्ड र सिद्धार्थ इक्विटी फन्डको एनएभी रू. १० भन्दा माथि छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री