रेमिटेन्स बढाउन नयाँ नियम लागू गर्दै सरकार, विदेश जाँदा बैंक खाता अनिवार्य हुनु पर्ने 

काठमाडौं । सरकारले विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्ने भएको छ । हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैंकिङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्ने तयारी गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार विदेशमा कमाएको रकम बैंकिङ च्यानलमार्फत भित्रिओस् भनेर विदेश जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने नियम बनाइएको हो । विभागका अनुसार यो नियम भदौ १६ देखि यो नियम लागू हुँनेछ। पछिल्लो समय विदेशी विनिमय सञ्चितिमा कमीले अर्थतन्त्रमा समस्या आउने संकेत देखिएपछि सरकारलाई असहज भैरहेको छ ।

रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत भित्र्याउन सके विदेशी विनिमय सञ्चितिको समस्या केही हदसम्म समाधान हुने देखेर सरकारले वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य रूपमा बैंकखाता खोल्नुपर्ने व्यवस्था गरेको हो। यो व्यवस्था भदौ १६ देखि लागू हुँदैछ। खाता अनिवार्य भएपछि अब युवाले रेमिटेन्स बैंकमार्फत पठाउनुपर्नेछ। महानिर्देशक भुसालले भदौ १६ पछि बैंक खाता नखोलेका युवकले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति नपाउने बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री