महालक्ष्मी विकास बैंकले तीनचुलीमा नयाँ शाखा खोल्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको तीनचुलीमा नयाँ शाखा खोलेको छ।शाखाको उद्घाटन नामग्याल ज्याङछुन छयोलिङ गुम्बाका रिनपोछे लोसाङ नाम्गेलरिन पाछेले गरे।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले अझै उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए।उनले बैँकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारलाई निरन्तरता दिने बताए।बैंकको योसँगै ९९ वटा शाखा पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री