उपनिर्वाचन घोषणा भएपछि सहसचिवको सरुवा गर्नु आपत्तिजनक : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १४ गतेको निर्वाचनलाई प्रभाव पार्ने गरी सहसचिवहरुको सरुवा गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले निर्वाचनलाई प्रभावित पार्ने गरी सरकारले सहसचिवहरुको सरुवा गर्ने काम गरेको भन्दै आपत्ति जनाएकी हुन्।

साउन १६ गतेको मन्त्रीपरिषद् बैठकले आउँदो मसिर १४ गते रिक्त रहेका ५० स्थानमा तीन तहको निर्वाचन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार निर्वाचन आयोगले पनि आफ्नो तयारी सुरु गरिसकेको छ। निर्वाचनको तयारी भइरहेका बेला भदौ ४ गते सरकारले ७६ जना सहसचिवलाई सरुवा गरेको हो।

सांसद भुसालले सहसचिवलाई वरिष्ठताको आधारमा प्रदेशको सचिव बनाएर पठाउने भनी निर्णय गरेपनि सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाएर सरुवा गर्ने काम गरेको टिप्पणी गरिन्।

निर्वाचन आयोगका कर्मचारीलाई सरुवा गराउने कार्यशैलीले सकारको नियतमाथि शंका उब्जाएको र निर्वाचनमाथि पनि प्रश्न उठाएको भन्दै उनले निर्वाचन आयोगका कर्मचारीको सरुवा अबिलम्ब रोक्न माग गरेकी थिइन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री