मेगा बैंक र साना व्यवसायी महासंघबीच सम्झौंता

काठमाडौं । मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच साना मझौला व्यवसायको प्रबर्धनका लागि सम्झौता भएको छ। सम्झौंतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र महासंघका अध्यक्ष बाबुकाजी महर्जनले हस्ताक्षर गरे।

यो सम्झौंताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यवसायी लाभान्वित हुने बताइएको छ।बैकका अनुसार खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौता लक्षित छ।

सम्झौता अनुसार व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ। साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० बर्ष उमेरका व्यवसायीहरु यो सम्झौताबाट लाभान्वित हुने बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री