सिटिजन्स बैंकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश बाँड्ने

काठमाडाैं । सिटिजन्स बैंकको सोमबार बसेको संचालक समितिको ३०८औं बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। गत आवको वितरणयोग्य मुनाफाबाट१ अर्ब ४५ लाख रुपैयाँ बराबर अर्थात १२ प्रतिशत नगद लाभांश तथा २५ करोड ११ लाख रुपैयाँ बराबर अर्थात ३ प्रतिशत सेयर लाभांश वितरण हुनेछ।

यो लाभांश राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपछि सेयर लगानीकर्ताले प्राप्त गर्नेछन्। बैंकले असार मसान्तसम्म ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ। बैंकले सो गत आवमा १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकले सहयोगी विकास बैंक प्राप्ती गर्नेगरी प्रक्रिया अघि बढाएको छ। बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds