काठमाडाैं । सिटिजन्स बैंकको सोमबार बसेको संचालक समितिको ३०८औं बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। गत आवको वितरणयोग्य मुनाफाबाट१ अर्ब ४५ लाख रुपैयाँ बराबर अर्थात १२ प्रतिशत नगद लाभांश तथा २५ करोड ११ लाख रुपैयाँ बराबर अर्थात ३ प्रतिशत सेयर लाभांश वितरण हुनेछ।
यो लाभांश राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपछि सेयर लगानीकर्ताले प्राप्त गर्नेछन्। बैंकले असार मसान्तसम्म ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ। बैंकले सो गत आवमा १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकले सहयोगी विकास बैंक प्राप्ती गर्नेगरी प्रक्रिया अघि बढाएको छ। बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ।
तपाईंको प्रतिकृया




