ओली सरकारकै कारण भ्रष्टाचार बढ्याे : देउवा

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग संक्षिप्त कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए ।

सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गरे । उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ ।

उनले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको दाबी गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप