परासी। जिल्ला प्रहरी कार्यालयल पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ बर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको जनाएको छ ।
कुमाल ११ बर्ष अगाडी साविक रामनगर ५ बस्ने लाल बहादुर सुनार र कमल सुनारलाई फलामे रड हानी गम्भीर घाईते बनाई फरार भएका थिए । गम्भीर घाईते मध्ये कमल सुनारको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले कर्तब्य ज्यानको मुद्दा चलाई कुमालको खोजतलास गरिरहेको थियो ।
अभियुक्त कुमाललाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया



