एभरेष्ट इन्स्योरेन्सको एजीएम असोज १ गते

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा(एजीएम)मा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ ।

असोज १ गते हुने कम्पनीको २४औं वार्षिक साधारण सभामा उक्त विशेष प्रस्ताव पेश गरिने भएको हो । विहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि भदौ २२ गते कम्पनीको सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने कम्पनी सचिव भद्रबहादुर विष्टले जनाएका छन् ।

साधारण सभाले आव २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूचिहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds