सिन्धु विकास बैंकको शाखा पालुङमा

काठमाडौँ । सिन्धु विकास बैंकले मकवानपुर जिल्लाको पालुङ्ग बजारमा शाखा स्थापना गरेको छ ।  उक्त शाखाको उद्घाटन थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले  गरे ।

बैंकले निकट भविष्यमा चितवनको नारायणगढ, चनौली, विकासचोक, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौँडा बजार लगायतका विभिन्न स्थानमा शाखा तथा सीमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ ।

बैंकले बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा र हाल पालुङ्ग गरी कुल १७ शाखा तथा सुकुटे तथा सिलढुङ्गामा सीमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १९ स्थानबाट वित्तीय सेवा प्रदान गरि रहेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस