काठमाडौं । जनकपुर-जयनगर-कुर्था क्षेत्रमा चलाउन नेपालले मगाएका दुईवटा रेल आउन अझै तीन महिना लाग्ने भएको छ । गएको मे महिनामा नेपालले भारत सरकारमार्फत् भारतीय रेल निर्माण कम्पनीमा माग गरेका रेल बनिसकेको र अहिले रंगरोगनको काम भइरहेको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गर्ने सहमति भएका दुवै रेलका लागि २० प्रतिशत रकम दिइसकेको बताए । बाँकी रकम रेल हस्तान्तरण गरेपछि मात्रै दिइने उनको भनाई छ ।
नेपालले अहिले खरिद गर्नका लागि अर्डर गरेका रेल भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३५ किलोमिटर लामो रेल मार्गमा चलाउन लागिएको हो । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ ।
प्रतिकृया दिनुहॊस