अछाम । अछामको वान्नीगढी जयगढ गाउपालिका वडा नम्वर ५ कालिकामा बुधवार राति जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । मृत्यू हुनेमा वान्नीगढी जयगढ गाउपालिका ४ का अशोक परियार, सोहि ठाउकै कालु सि आउजी, र बैतडीका लालबहादुर बोहरा रहेका छन् ।
रामारोशन गाउपालिकावाट जयगढ तर्फ आउदै गरेको से १ ज ९९५ नम्वरको जिप राती ७ बजे तिर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बान्नीगढ जयगढ गाउपालिका ४ तिमिसेनका तर्कराज तिमिसेना, कैलालीका जन्जीर चौधरी र घनश्याम चौधरी रहेका टाफिक प्रहरी कार्यालय अछामका नारायण बडुले जानकारी दिए।
तपाईंको प्रतिकृया




