रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले दुवै देशसँग केही योजना भएकाले नयाँ परमाणु सम्झौता गर्नुपर्ने बताएका हुन् ।

परमाणु सम्झौताबारे विवाद बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले दुवै देशसँग नयाँ सम्झौताको प्रस्ताव गरेका हुन् । ट्रपले गत फेब्रुअरीमा रुसले सम्झौता पालना नगरे त्यसबाट फिर्ता हुने चेतावनी दिएका थिए । त्यसका लागि उनले अगस्ट २ सम्मको समयसिमा दिएका थिए ।

ट्रम्पको चेतावनीलगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताप्रतिको दायित्वलाई निलम्बन गरेका थिए । सम्झौताबाट पछि हट्ने संकेत गरेसँगै अमेरिकाले नयाँ परमाणु क्षेप्यास्त्रको परीक्षण गर्ने तयारीसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखायल गोर्भाचेभले सन् १९८० परमाणु सम्झौतामा हस्ताक्षर गरेका थिए ।सम्झौताले ५ सयदेखि ५ हजार ५ सय किलोमिटर दुरी रेञ्ज भएको क्षेप्यास्त्रलाई  प्रतिबन्ध गरेको थियो ।

तर यो वर्षको सुरुवातमा अमेरिका र नेटोले नयाँ प्रकारको क्रुज क्षेप्यास्त्र निर्माण सम्झौता भंग गरेको आरोप रुसमाथि लाग्दै आएको थियो ।रुसले एनएम सेभेन टु नाइन मिसाइललाई तैनाथ गरेको प्रमाण आफूसँग रहेको अमेरिकाले दाबी गरेको थियो ।

अमेरिकी दाबीलाई नेटो संलग्न राष्ट्रहरुले पनि समर्थन गरेका थिए । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस