काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न शनिबार जाँदै छन् । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ । स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् ।
प्रधानमन्त्रीको के–के परीक्षण गरिने भन्नेबारे सार्वजनिक गरिएको छैन । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् ।
छाउनीमा ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ । प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिकृया दिनुहॊस