कुवेतद्धारा नेपालाई १४२ रनको लक्ष्य

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो ।

कुवेतका लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कुवेदका अदान इदरसले २५ रन जोड्दा मोहम्मद अश्लामले २३ र १७ रनको योगदमान गरे । कुवेतका लागि रभिज सन्दरावनले १५ र बिलाल ताहिरले १३ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा अविनाश बोहोराले एक विकेट लिए ।

नेपाल आजको खेलमा स्पष्ट जितको खोजीमा हुनेछ । नेपाल अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

अव नेपाललाई विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री