‘हजार जुनी’को ट्रेलरमा यस्तो देखियो आर्यनको प्रेम

काठमाडाैँ । साउन ३० गते रिलिज हुने आर्यन सिग्देल तथा स्वस्तिमा खड्का स्टारर ‘हजार जुनी’को ट्रेलर रिलिज भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो। विकास राज आचार्य सिनेमाका निर्देशक हुन्।

[youtube https://www.youtube.com/watch?v=6skiONYUUf8]

एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, प्रियंका कार्की,  शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री