प्रवद्धर्कले यूनाईटेड इन्स्योरेन्समा ४० करोड लगानी गरे, पुँजी १०२ करोड पुग्दै

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रवद्धर्कले हकप्रद सेयर लिन ४० करोड रुपैयाँ जम्मा गरेका छन् । कम्पनीले निष्काशन गर्न लागेको १ बराबर २ दशलव ४ को अनुपातमा हकप्रद सेयर लिनको लागि प्रवद्धर्कहरुले विहीबारसम्ममा लगानी गरिसकेको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

कम्पनीमा एक प्रतिशत भन्दा बढी प्रवद्धर्क सेयर लिने सेयरधनी सबैले हकप्रदको सेयर लिएको उनले जानकारी दिए । कम्पनीले ७२ करोड ५७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।

उक्त कम्पनीलाई बोर्डले १ बराबर २ दशमलव ४ को अनुपातमा अर्थात २४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि हकप्रद सेयर निष्काशन गर्दैछ । साउन १४ गते कम्पनीको बुक क्लोज हुने भएकोले १३ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउछन् ।

विहीबार कम्पनीकाे सेयर प्रति कित्ता ८५० रूपैयाँमा काराेबार भएकाे छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड हुने भट्टराईले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस