राष्ट्र बैंकका ८ कार्यकारी निर्देशकको सरुवा

काठमाडौ । नेपाल राष्ट्र बैंकले ८ कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकको आइतबारदेखि लागु हुने गरी कार्यकारी निर्देशकको सरुवा गरेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

राष्ट्र बैैंकको शक्तिशाली सुपरिवेक्षण विभागमा मुकुन्द क्षेत्री सरुवा भएका छन् । यस विभागमा कार्यरत महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा आएका छन् ।

बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा देवकुमार ढकाल सरुवा भएका छन् । ढकाल यसअघि भुक्तानी विभागमा कार्यकारी निर्देशक थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागमा प्रमुख रहेका बमबहादुर मिश्र भुक्तानी विभागमा पुगेका छन् ।

विकास बैंक सुपरिवेक्षण विभागमा ऋषिकेश भट्ट आएका छन् भने उक्त विभागमा कार्यरत भुवन कँडेल आन्तरिक लेखा परिक्षण विभागमा सरुवा भएका छन् । भट्ट यसअघि वित्त कम्पनी सुपरिवेक्षण विभागमा कार्यरत थिए । राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिना आएकी छन् । उनी यसअघि आन्तरिक लेखा परिक्षण विभागमा थिइन् ।

यसअघि राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेका सुमन अधिकारी सामान्य सेवा विभागमा पुगेका छन् । संस्थागत विभागमा रहेका प्रदिपराज पाण्डे वित्त कम्पनी व्यवस्थापन विभागमा आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस