रोनाल्डोको प्रभावमा युभेन्ट्सको जित

एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन च्याम्पियन युभेन्ट्सले सिरी ‘ए’ प्रतिद्वन्दी इन्टर मिलानलाई पराजित गरेको छ ।

चीनमा बुधबार बेलुका भएको खेलमा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको हो । नानजिङ ओलम्पिक स्टेडियममा खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा युभेन्ट्सका जोआ कानसेलो, क्रिस्टियानो रोनाल्डो, एम्री कान र डिमिरलले गोल गरे । इन्टरका निकोल बरेल, जर्ज पुस्कास र जोआ मारियोले गोल गरे  ।

पेनाल्टीअघि खेलको १० औं मिनेटमा म्याथिज डे लिग्टको आत्मघाती गोलबाट इन्टरले अग्रता बनाएको थियो  । तर, खेलको ६८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले फ्रिकिकबाट गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काएका थिए ।

नयाँ सिजनको सुरुवातअघि प्रि-सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको दुवै टोली अहिले चीनमा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री