प्रि-सिजन टुर : सिटीको आधा दर्जन गोल

एजेन्सी । प्रि-सिजन टुर अन्तर्गत अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

बुधबार बेलुका भएको खेलमा प्रिमियर लिग च्याम्पियन सिटीले हङकङको किट्ची एफसीलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

हङकङ स्टेडियममा सिटीले हङकङ प्रिमियर लिग क्लबविरुद्ध दुवै हाफमा समान ३/३ गोल गरेको थियो । सिटीलाई जित दिलाउन लोरी सानेले दुई गोल गरे । यस्तै डेभिड सिल्भा, रहिम स्ट्रलिङ,नाबिली टोउजी र इकर पोजोले एक एक गोल गरे ।

किट्चीका लागि चुन लले एक गोल फर्काए ।

नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न सिटी अहिले हङकङको भ्रमणमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री