एनएमबी म्युचुअल फण्डको बिक्री साउन १३ देखि

काठमाडौँ । एनएमबी बैंकको सहायक कम्पनी एनएनबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तरगत १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्ने भएको छ ।

उक्त फण्ड साउन १३ गते निष्काशन खुला हुनेछ भने छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गते सम्म भरिसक्नु पर्नेछ । लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि १ करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्ने कम्पनीले जनाएको छन् ।

कम्पनीले प्रति इकाई रु १० का दरका १२ करोड इकाई मध्ये बिज पूँजी बापत न्यूनतम १ करोड ८० लाख वा कूल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबी क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक बिक्रीका लागि खुल्ला गर्न लागेको हो ।

एनएमबी म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने एनएमबी फिप्टी बन्दमुखी योजना हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस