९० औँ मिनेटमा गोल, १० खेलाडीमा सीमित सेभिल्लासँग पराजित लिभरपुल

काठमाडाैँ । युरोपियन च्याम्पियन लिभरपुल नयाँ सिजनको तयारीमा खराब देखिएको छ । प्रि–सिजन भ्रमणमा हाल अमेरिकामा रहेको लिभरपुल मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ ।

बोस्टनको फेनवे पार्कमा नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको हो । १० खेलाडीमा सीमित भएको सेभिल्लाले लिभरपुललाई २–१ ले पराजित गरेको हो ।

नोलितोले सेभिल्लाका लागि सुरुवाति गोल गरेका थिए । लिरभपुलका डिभोक ओरिजीले बराबरी गोल गरे । ९० औँ मिनेटमा एलेहान्ड्रो पोजोले गोल गर्दै सेभिल्लालाई जित दिलाए ।

यासर लारुचीलाई किक हानेका जोरिस ग्नाग्नोन सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एएपफसी यू-२०ः नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ …

प्रतिकृया दिनुहॊस