एनआईसी एशिया डिबेन्चर २०८३/८४ निष्काशन सोमबारदेखि, ऋणपत्रको अवधि ७ वर्षको हुने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले साउन ६ गते सोमबारदेखि ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ ।

१०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ ।

ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति साउन ६ गतेदेखि सर्वसाधारणको लागि विक्री खुला भई छिटोमा साउन ९ गते तथा ढिलोमा भदौ ३ गतेसम्म बिक्री खुल्ला रहने छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि हुने विश्वास बैंकले विश्वास लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं । सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ । ३ बैंकबाट लगानी …

प्रतिकृया दिनुहॊस