चार महिनामा साढे ५० अर्ब रकमान्तर, योजनाबिनै सरकारले खर्चियो एक खर्ब

काठमाडौं । सरकार आफैँले बनाएको कार्यविधि मिचेर अर्बाैं रुपैयाँ रकमान्तर गरेको छ। आफैँले बनाएको नियम मिचेर रकमान्तर गर्दै सरकारले मनपरी खर्च गरेको हो।

अर्थमन्त्रालयको आन्तरिक कार्य निर्देशिकामा जेठपछि रकमान्तर स्वीकृत गर्न नपाइने व्यवस्था गरेको छ।  तर अन्तिम महिनाको अन्तिम साता पनि ठूलो बजेट रकमान्तर भएको छ। अन्तिम चौमासिकमा अत्यधिक बढी रकमान्तर हुने भएपछि मन्त्रालयले यस्तो निर्देशिका बनाएको थियो। तर निर्देशिका बनाएपछि रकमान्तर घट्नुको साटो झन् बढेको छ।

पछिल्लो चार महिनामा मात्रै अर्थ मन्त्रालयले साढे ५० अर्ब रूपैयाँ भन्दा बढीको रकमान्तर गरेको छ। असारमा करिब २० अर्ब रुपैयाँ रकमान्तर गरिएको छ। त्यसो त सार्वजनिक वित्त व्यवस्थापनको सिद्धान्तविपरीत आर्थिक वर्षको सुरुदेखि सरकारले ठूलो मात्रामा रकमान्तर गरेको छ।

आर्थिक वर्षको अन्त्यसम्म सरकारले ९० अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर गरेको अर्थमन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।  अर्थमन्त्रालयका अनुसार असारमा १९ अर्ब ७४ करोड २२ लाख रुपैयाँ रकमान्त गरिएको हो। यसमध्ये स्वास्थ्यकर्मीका लागि नपुग तलव तथा पोशाक र भत्ताका लागि स्थानीय तहमार्फत करिब एक अर्ब रुपैयाँ रकमान्तर गरि निकासा गरिएको छ।

सरकारले करिब ९० अर्ब रुपैयाँ रकमान्तर गरेको हो। अघिल्लो ६ महिनामा २० अर्ब र पछिल्लो छ महिनामा ७० अर्ब रुपैयाँ रकमान्तर भएको छ। जसमा पछिल्लो एक महिनामा २० अर्ब रुपैयाँ र अघिल्लो पाँच महिनामा ५० अर्ब रुपैयाँ रकमानतर गरि निकासा गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस