काठमाडौँ । हिमालयन बैंकले टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रका सामुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विधार्थीहरुलाई विभिन्न विषयको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयम्सेवक शिक्षक पठाउन उक्त सहयोग गरिएको हो ।
टिच फर नेपालले ६ जिल्लाका ६७ विद्यालयमा २७० जना स्वयम् सेवक शिक्षक पठाएर ३० हजार भन्दा बढी विधार्थीहरुलाई विज्ञान, गणित र अंग्रेजी विषय अध्यापन गराइरहेको छ ।
प्रतिकृया दिनुहॊस