मल्टीपर्पस फिनान्सले खोल्यो १:८.६५ मा हकप्रद शेयर

काठमाडाैँ । मल्टीपर्पस फानान्स कम्पनी लिमिटेडले एक कित्ता बराबर ८.६५ कित्ताका दरले हकप्रद शेयर निस्काशन गरेको छ । कम्पनीले ३५ लाख ८५ हजार २६४ कित्ता शेयर विक्री खुल्ला गरेको जनाएको छ ।

सोमबार देखि खुल्ला बिक्री खुल्ला गरिएकोमा शेयरधनीले साउन ३६ गते सम्म भर्न पाउनेछन् । शेयर निस्काशनको लागि आसर ११ गतेदेखिनै बुक क्लोज गरिएको थियो । त्यसको अघिल्लो दिनसम्म शेयर किन्ने शेयरधनिले हकप्रद शेयर किन्न पाउने छन् ।

कम्पनीले सिभिल क्यापिटल मार्केट, पल्टीपर्पस फिनान्स कम्पनीको केन्द्रीय कार्यलय, राजविराज, सिभिल बैंकका सबै शाखा तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्रप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट शेयर खरिदका लागि दरखास्त दिन तथा रकम जम्मा गर्न पाइने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निश्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस