तीज गीतमा रेजिनाको छमछमी

काठमाडौं । तीज आउन अझै डेढ महिना बाँकी छ । तर, कलाकारहरूका लागि तीजको गीत निकाल्न भ्याइनभ्याइ छ । यसपटकको तीजलाई लक्षित गरेर गायक खुमन अधिकारी र गायिका सपना थापाले नयाँ तीज गीतको भिडियो रिलिज गरेका छन् ।

काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको हो । यो नयाँ तीज गीत घरबार गर्ने सोच…मा अभिनेत्री रेजिना उप्रेतीले मोडलिङ गरेकी छन् । गीत राम्रो भएको र पारिश्रमिक पनि राम्रो पाएकाले आफूले यसमा मोडलिङ गरेको यी अभिनेत्रीले बताएकी छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले कार्यक्रममा भिडियोको विमोचन गर्दै यो गीत मौलिक रहेको बताए । लोक गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा सागर प्रधानको शब्द र लय रहेको छ । गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ ।

यो गीतको भिडियोमा अभिनेत्री रेजिना उप्रेतीसँग, मोडल लोमश शर्मा र मोडल रेखा थापालगायतले छमछमी नृत्य गरेका छन् । यो गीतमा बिहे गर्ने उमेर पुगेकी युवतीको भावना व्यक्त गरिएको छ ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् । विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after