टिजरमा यस्तो देखियो ‘कबड्डी कबड्डी कबड्डी’, भदौ १३ मा रिलिज हुने

काठमाडाैँ । ‘कबड्डी’ सिनेमाको तेश्रो सिक्वल ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा उपसना सिंह ठकुरी, दयाहाङ राई तथा विजय बराल मुख्य रूपमा फिचर्ड भएका छन्।

[youtube https://www.youtube.com/watch?v=EESKBxYmtwY]

सिनेमालाई रामबाबु गुरूङले निर्देशन गरेका हुन्। भाद्र १३ गते रिलिज हुने सिनेमामा दया, उपासना र विजयका अलावा रेश्मा गुरूङ, कर्म, विल्सन विक्रम राई, पुस्कर गुरूङ, कविता आले, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरूणा कार्की पोखरेल आदिको अभिनय रहेको छ।

सिनेमाको पटकथा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री