खाना नपचेर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुहोस् !

काठमाडौं । खानपिनमा सानो लापरवाहीले पनि पाचन प्रक्रिया गडबडिन्छ ।

पेटमा गडबडी हुनासाथ भोक नलाग्ने, भारीपन, छाती पोल्ने र शरीर सम्बन्धी विभिन्न समस्याहरू आउनसक्छन् ।
तर एउटा घरेलु उपायबाट पेट दुख्ने र गडबडी हुने समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ ।

लौ, जानी राख्नुहोस् यी विधि जसले पेटको दुखाइ र समस्याबाट आराम दिन्छ : सामग्री २५० मिलिलिटर पानी ५ देखि ६ टुक्रा दालचिनी ८ चम्चा मरिच धूलो २ चम्चा मह विधि पानीमा दालचिनी राखेर उमाल्ने ।

अब यसमा मरिचको धूलो र मह मिसाउने । खाना खानुभन्दा ३० मिनेट अगाडि एक चम्चा यो मिश्रण पिउने । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यो पिउँदा पनि पेट ठीक भएन भने चाहिँ चिकित्सकको सल्लाह लिनुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after