त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : आजदेखि २१ घण्टा नै सञ्चालनमा

काठमाडौँ । विगत ३ महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि पूर्ववत रूपमै सञ्चालनमा आएको छ । ३ हजार मिटर लामो धावन मार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको हो।

विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने २ महिनापछि शुरु गरिने छ। झन्डै ४० वर्षपछि देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो। जसका कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन्।

चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसनर सोमवार बिहान ६ बजेदेखि दैनिक २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याइएको छ ।

विमानस्थल १० बजे नै बन्द गरेर रातभर निर्माणको काम गरिएको थियो। त्यतिखेर तोकिएको समयभन्दा केही ढिला उडानका लागि तयार भएको नेपाल वायुसेवा निगमको विमान उड्न नदिएको विषयले निकै चर्चा पाएको थियो।‍ त्रिभुवन विमानस्थलमा दैनिक औसत ४ सय पटक उडान र अवतरण हुने गर्दछन्। नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ।

धावनमार्गको काम सकिए पनि विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने अझै बाँकी रहेको छ। जुन काम अबको २ महिनापछि शुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द गरिने बताइएको छ। धावनमार्गलगायतको कामका लागि ३ अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after