प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा  प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको झडप   नियन्त्रणको क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतो छन्। गोली लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

शनिबार ईश्वरपुर-१३ को एउटा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालक अमित रायको मृत्यु भएको थियो। शनिबार रातभर प्रहरीले खोजे पनि आइतबार बिहान मात्र शव फेला परेको थियो।

बालक मृत्यु प्रकरणलाई लिएर आक्रोशित स्थानीयको भीड नियन्त्रणका क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो।

प्रहरीले भीड नियन्त्रणका क्रममा दर्जनौं राउन्ड अश्रुग्यास, रबर गोली तथा हवाई फायर गरेको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस